हुथी विद्रोहीद्वारा क्षेप्यास्त्र प्रहार, चारजनाको मृत्यु
baahrakhari.com · Wed Aug 12 01:26:38 GMT 2026

काठमाडौं । यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गर्दा चारजनाको मृत्यु भएको छ । विद्रोहीहरूले बाब अल–मन्देब जलमार्गमा साउदी अरेबियाको एउटा जहाजमा क्षेप्यास्त्र प्रहार गर्दा चारजना चालक दलका सदस्यको मृत्यु भएको हो । मृत्यु हुनेमा तीनजना पाकिस्तानी र एकजना इन्डोनेसियाली नागरिक रहेका छन् ।
तन्जानियाको झण्डा बोकेको उक्त जहाजको नाम ‘तिहामा’ रहेको छ । यो ओमानको सलालाह बन्दरगाहबाट जिबुटीतर्फ जाँदै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)