चारजना नेपाली खेलाडीले दक्षिण कोरियामा जिते स्वर्ण
kendrabindu.com · Wed Aug 12 01:49:25 GMT 2026
काठमाडौं । नेपाली तेक्वान्दो खेलाडीले दक्षिण कोरियामा सम्पन्न ११ औं एमबीसी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा चार स्वर्ण पदक जितेका छन्। अगस्ट ६ देखि १० सम्म छुनछनान्दोको गेउमसान रंगशाला भएको च्याम्पियनसिपमा नेपाली खेलाडीले उक्त सफलता पाएका हुन्।
स्वर्ण जित्ने सबै नेपाल पुलिस क्लबका खेलाडी हुन्। प्रेमबहादुर लिम्बूले ४० वर्षमुनि सिनियर ‘ए’ लिग एकल पुम्से, सीता तामाङले ४० वर्षमुनि महिला सिनियर ‘ए’ लिग एकल पुम्सेमा स्वर्ण जितेका हुन्। प्रेमबहादुर र सीता जोडीले ४० वर्षमुनि सिनियर ‘ए’ लिग युगल पुम्सेमा स्वर्ण जितेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)