विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङद्वारा मतदान
abhiyandaily.com
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मतदान गरेका छन् । उनले आइतवार बिहान रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभरका ७७ ओटै जिल्लाका मतदान केन्द्रबाट बिहान ७ बजेदेखि मतदान भइरहेको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)