नेपाली युवा : प्रमाणपत्र हातमा, राहदानी झोलामा !
ratopati.com · Wed Aug 12 02:15:00 GMT 2026

हरेक वर्ष १२ अगस्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस केवल शुभकामना आदानप्रदान गर्ने दिन होइन। यो दिनले राज्य, समाज, परिवार, शैक्षिक संस्था, राजनीतिक दल र बजार सबैलाई एउटा गम्भीर प्रश्न सोध्छ, हामीले युवालाई भविष्यको नारा मात्र बनाएका छौँ वा वर्तमानको साझेदार पनि मानेका छौँ ?
संयुक्त राष्ट्रसङ्घीय प्रणालीले अन्तर्राष्ट्रिय युवा दिवसलाई युवाका मुद्दा, योगदान र चुनौतीलाई विश्व समुदायको ध्यानमा ल्याउने अवसरका रूपमा लिएको छ। पछिल्ला वर्षहरूमा यो दिवस दिगो विकास, स्थानीय युवा पहल, नवप्रवर्तन, समावेशिता र नेतृत्वसँग जोडिँदै आएको छ। नेपालका लागि यो दिवस झन् महत्त्वपूर्ण छ किनभने हाम्रो देशसँग ठूलो युवा जनसङ्ख्या छ। तर त्यही युवा शक्ति रोजगारी, शिक्षा, उद्यम, राजनीति र सम्मानजनक भविष्यका लागि सङ्घर्ष गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)