उपलब्धिको भारी बोकेर बिदा भए रोहित
annapurnapost.com · Wed Aug 12 02:14:13 GMT 2026
काठमाडौं : नेपाली क्रिकेटमा नेतृत्व परिवर्तन नौलो होइन, तर पछिल्लो चार वर्षमा नेपाली क्रिकेटको पुस्तान्तरण, अन्तर्राष्ट्रिय पहिचान र ठूला प्रतियोगितामा सहभागितासँग जोडिएको नाम हो, रोहितकुमार पौडेल। २१ वर्षको उमेरमै राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका रोहितले अब भने एकदिवसीय टोलीको कप्तानीबाट विश्राम पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सन्दीप लामिछानेलाई नयाँ एकदिवसीय कप्तान नियुक्त गरेपछि रोहितको चार वर्षे नेतृत्व यात्रामा औपचारिक रूपमा पूर्णविराम लागेको हो। रोहितले सन् २०२२ को नोभेम्बरमा राष्ट्रिय टोलीको कप्तानी पाएका थिए।
त्यतिबेला उनी नेपाली क्रिकेटकै सबैभन्दा कम उमेरका कप्तानमध्ये एक थिए। चार वर्षको अवधिमा उनले नेपाली टोलीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेतृत्व गरेका थिए। उनको कप्तानीमा नेपालले केही ऐतिहासिक सफलता हात पा¥यो भने केही महत्वपूर्ण अवसरमा अपेक्षाअनुसार प्रदर्शन गर्नबाट चुकेको थियो। त्यसैले रोहितको कप्तानीको मूल्यांकन केवल पछिल्ला केही खेलको नतिजाबाट होइन, उनले नेतृत्व गरेको सम्पूर्ण अवधिको उपलब्धि र चुनौतीबाट गर्नुपर्ने हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
एसीसी प्रिमियर कप
महिला एसिया कप