भोटेकोशी बाढीपछि मकवानपुरका ७० जना सम्पर्कबाहिर
reportersnepal.com · Thu Aug 27 16:40:52 GMT 2026

हेटौँडा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि मकवानपुरका ७० जना सम्पर्कबाहिर रहेका छन् । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार रसुवासहित बाढी प्रभावित क्षेत्रमा पुगेका जिल्लावासीसँग सम्पर्क हुन नसकेको भन्दै उनीहरूका आफन्तले प्रशासनलाई विवरण टिपाएका हुन् ।
सम्पर्कविहीन भनिएकामध्ये केही व्यक्ति आफन्तको सम्पर्कमा आउन थालेको उहाँले जानकारी दिनुभयो । प्रारम्भिक विवरणअनुसार सम्पर्क हुन नसकेकामध्ये गोसाइँकुण्डलगायत क्षेत्रमा दर्शन तथा भ्रमणका लागि पुगेका, बाढी प्रभावित क्षेत्रमा सवारीसाधन चलाउँदै आएका तथा विभिन्न पेसा–व्यवसायमा संलग्न व्यक्ति छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)