मल मागको उच्च, आपूर्ति कम
nagariknews.nagariknetwork.com · Wed Aug 12 03:13:51 GMT 2026

धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ। यस अवधिमा पोटास ३३.२५ मेट्रिक टन बिक्री भएको छ।
प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीले धानखेतीका लागि आवश्यक पर्ने मल किसानसम्म पुर्याउने क्रममा कम्पनीले उक्त परिमाणमा मल बिक्री गरेको बताए। धानखेतीको मुख्य समयमा मलको माग बढ्ने भएकाले कम्पनीले सहकारी तथा कृषि सामग्रीको बिक्री केन्द्रमार्फत किसानसम्म पुर्याउँदै आएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)