यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम
baahrakhari.com · Wed Aug 12 03:15:55 GMT 2026

काठमाडौं । देशका केही जिल्लामा आज (साउन २७) आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)