इन्फान्टिनोलाई फिफा अध्यक्ष निर्वाचनको लागि समर्थक जुटाउने चुनौती
kendrabindu.com · Wed Aug 12 03:31:29 GMT 2026
पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले मंगलबार आफूलाई कमजोर बनाउने उद्देश्यले भइरहेको संगठित र निरन्तर प्रयासको खुलेर विरोध गरेका छन्। यसले उनी आत्मालोचनाको बाटोमा हुनसक्ने अनुमान असत्य साबित भएको छ। यसबीच विश्वकपको व्यावसायिक पक्ष सञ्चालन गर्न प्रस्तावको रूपमा ल्याइएको फिफा फरवार्ड इन्टरप्राइज कार्यक्रम फिर्ता लिएको पनि एक साता भइसकेको छ।
यसले विश्वकपमा निजी लगानी भित्र्याउने बाटो खुल्न सक्थ्यो। तीन महादेशीय फुटबल संघ युरोप, एसिया र कन्काकाफले इन्फान्टिनो र उनको नेतृत्व गर्ने शैलीको कडा आलोचना गरेको थियो। यी तीनै पक्षले एक आपसमा एकताको आह्वान गरेता पनि त्यसलाई कसरी प्राप्त गर्न सकिन्छ, त्यसमा भने एकमत रहेको छैन। अझ उल्टै फरक दृष्टिकोण रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)