उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
barnanmedia.com · Wed Aug 12 03:32:12 GMT 2026

नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद घटनापछि सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
यस्तै, ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य न्यायिक आयोग तत्काल गठन गर्न पनि कांग्रेसले माग गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न यसअघि नै माग गरिएको स्मरण गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)