ठाकुरद्वारामा वन्यजन्तु रोक्न पक्की नहरबाट छेकबार
kendrabindu.com · Wed Aug 12 03:42:06 GMT 2026

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्कने हात्ती, बाघ लगायत वन्यजन्तुले मानवीय र अन्नवालीमा क्षति पुर्याउँदै आएको भन्दै ठाकुरबाबा नगरपालिकामा पक्कि छेकबार निर्माण भएको छ । बबई सिँचाइ आयोजनाले सिँचाइ हुने पक्की नहरको पर्खालबाट हात्ती वारपार नहुने गरी निर्माण गरिएको छ ।
निकुञ्जको सीमासँग जोडिएको ठाउँ हुँदै छेकबारसहित नहर निर्माण गरिएको छ । किसानलाई पर्याप्त सिँचाइ पुग्ने र हात्ती लगायत वन्यजन्तुले क्षति नहुने गरी छेकबारसँगै जोडिएर नहर निर्माण गरेको छ । एक दशकअघि निकुञ्जले आफ्नो क्षेत्रमा तारबार लगाएको थियो । ठाकुरबाबा नगरपालिका–१ डुम्रेनीमा करिब ८ सय ८ मिटर लम्बाई भएको नहरसहित छेकबार २० करोड ५९ लाख ९८ हजारको लागतमा निर्माण भएको बबई सिँचाइ आयोजना प्रमुख गोपाल शर्माले बताए । ‘पक्की नहर निर्माणले वन्यजन्तुको छेकबार भएको छ,’ उनले भने, ‘डुमेनीतर्फको सिँचाइ सुविधा हुने र वन्यजन्तुबाट हुने क्षति रोकिने छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)