संघीयताको मर्म अनुसार आर्थिक विकेन्द्रीकरण गर
ajakoartha.com · Wed Aug 12 03:40:00 GMT 2026

काठमाडौं -
मुलुक अहिले संघीय संरचनामा प्रवेश गरेको पनि करिब एक दशक भएको छ । अन्य क्षेत्रमा संघीयता कार्यान्वयन भए पनि आर्थिक क्षेत्रमा संघीयताको सफल कार्यान्वयन हसन सकिरहेको छैन । राजनीतिक रूपमा संघीय व्यवस्थाको अभ्यास सफलतापूर्वक भए पनि अर्थतन्त्रको विकेन्द्रीकरण सोहीअनुरूप हुन सकेको छैन । अहिले पनि अधिकांश मुख्य आर्थिक गतिविधि राजधानी काठमाडौँ र आसपासमा केन्द्रित बनेको छ । पुराना वा नयाँ जुन लगानीकर्ताको आकर्षण पनि यही क्षेत्रमा बढी देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)