किन बढ्दै गएको हो साम्प्रदायिक द्वन्द्व ?
baahrakhari.com · Wed Aug 12 03:45:32 GMT 2026
नेपाल विविधताले नै विश्वमा छुट्टै पहिचान बनाएको देश हो । भौगोलिक रूपमा सानो भए पनि सामाजिक आयामले यो अत्यन्तै विशाल छ । संविधानतः हाम्रो देश बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक धर्मनिरपेक्ष राज्य हो । पुनर्स्थापित प्रतिनिधि सभाले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेयता अन्तरिम संविधान (२०६३) र नेपालको संविधान (२०७२) ले पनि यसलाई निरन्तरता दिएका छन्। वसं २०७८ को जनगणनाअनुसार करिब ८१.५ प्रतिशत नागरिक हिन्दु धर्मावलम्बी भए पनि अन्य धर्म संस्कृतिलाई उत्तिकै महत्व र सम्मान छ र हरेक व्यक्तिलाई आफ्नो धर्म मान्ने वा नमान्ने स्वतन्त्रता छ ।
नेपाल हिन्दू राष्ट्र हुँदाको समयमा पनि फरक आस्था बोक्नेहरूका लागि स्थान थियो र अपवादबाहेक साम्प्रदायिक द्वन्द्व बिरलै देखिन्थ्यो । तर आज संविधानतः सबै धर्मलाई समान महत्त्व दिइए पनि यस्ता द्वन्द्व किन बढ्दै छन् त ?
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)