नगर गानका लागि रचना पठाउन हेटौँडा उपमहानगरद्वारा आह्वान
nepalnews.com · Wed Aug 12 03:46:24 GMT 2026

मकवानपुर। हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किनेगरी नगर गान निर्माण गर्ने भएको छ।
यसका लागि उपमहानगरपालिकाले इच्छुक स्रष्टा, रचनाकारबाट रचना आह्वानसमेत गरेको छ। उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले भन्नुभयो “हेटौँडाको इतिहास, संस्कृति, भूगोल, आर्थिक तथा औद्योगिक पहिचानलाई समेटेर नगरको आफ्नै परिचय दिने नगर गान निर्माण गर्न लागिएको हो। यसमा स्थानीय मौलिकता र हेटौँडाको विशिष्ट पहिचान झल्किने गरी रचना हुुनुपर्छ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)