शंकर ग्रुपको जगदम्बा स्टिल्सले ९ महिनामा गर्यो १९ अर्बको कारोबार, प्रिमियममा आईपीओ ल्याउने योजना
clickmandu.com · Wed Aug 12 03:53:49 GMT 2026

काठमाडौं । शंकर ग्रुपको जगदम्बा स्टिल्सले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा १९ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा १८ अर्ब ९९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२५ मा २६ अर्ब ३६ करोड १० लाख रुपैयाँ, सन् २०२४ मा २९ अर्ब ७२ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ३९ अर्ब ४३ करोड रुपैयाँ र सन् २०२२ मा ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबार सन् २०२४ को तुलनामा सन् २०२५ मा १२ प्रतिशतले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)