ललितपुरको पाँच ठाउँमा चोरी गर्ने एक जना सुनसहित पक्राउ
annapurnapost.com · Wed Aug 12 03:46:07 GMT 2026

काठमाडौं : ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित एक घर लगायत पाँच ठाउँमा चोरी गर्ने एक जना पक्राउ परेका छन् । साउन २२ गते बिहान करिब ८ बजे रिना महर्जनको घरकोठामा चोरी भएको थियो ।
प्रहरीका अनुसार घटनापछि घटनास्थल वरिपरिका सीसीटीभी फुटेजसमेतको आधारमा चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटो ललितपुरको प्रहरी टोलीले बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा गोदावरी न.पा.-१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)