कति बस्छौं माइतीघर र आश्रम सार्वजनिक
newsofnepal.com · Wed Aug 12 03:54:29 GMT 2026

कलाकार देवकुमारी खड्गीका दुई फरक सिर्जना एकैपटक सार्वजनिक भएका छन्। प्रेम, पारिवारिक सम्बन्ध, सामाजिक संवेदना र मानवीय भावनालाई केन्द्रमा राखिएको गीत कति बस्छौ माइतीघरको भिडियो र आश्रम नामक सर्ट फिल्म राजधानीको जय नेपाल हलमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको हो।
रवीन्द्र शाहीको निर्देशनमा तयार भएको कति बस्छौ माइतीघरमा किशोर कुमार शाही र देवकुमारी खड्गीको स्वर रहेको छ। म्युजिक भिडियोमा श्रीतिका श्रेष्ठ र अभिषेक श्रेष्ठले अभिनय गरेका छन्। प्रेम, सम्बन्ध र जीवनका भावनात्मक पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरिएको गीतमा किशोर कुमार शाहीकै संगीत छ भने सुमन कपालीले संगीत संयोजन गरेका छन्। भिडियोको छाया“कन तथा सम्पादन ओमप्रकाश अवस्थी ईश्वरले गरेका छन्। नृत्य निर्देशन राजन शाहीको रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)