संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
emountaintv.com · Wed Aug 12 03:59:01 GMT 2026
काठमाडौं । आज संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ सभा समक्ष पेश गर्नुहुने, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
Share this:
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)