स्यास सेरेमोनीमा ‘दीपल प्रिजेन्स मिस युनिभर्स नेपाल–२०२६’ का प्रतिस्पर्धि
kalakarmi.com · Wed Aug 12 04:00:22 GMT 2026

काठमाडौं– बहुप्रतीक्षित ‘दीपल प्रिजेन्स मिस युनिभर्स नेपाल–२०२६’ को स्यास समारोह काठमाडौंस्थित सोल्टी होटलमा भव्य रूपमा सम्पन्न भएको छ । यस समारोहसँगै यस वर्षको प्रतियोगितामा सहभागी प्रतिस्पर्धिहरुको औपचारिक यात्रा पनि प्रारम्भ भएको छ ।
स्यास समारोहका क्रममा प्रतिस्पर्धिहरुले पहिलो पटक आफ्नो आधिकारिक स्यास प्राप्त गरे । स्यासले प्रतियोगितामा उनीहरूको औपचारिक प्रवेश तथा आगामी यात्राप्रतिको प्रतिवद्धताको प्रतीकका रूपमा अर्थ राखेको छ । समारोहले प्रतिस्पर्धिहरुलाई आफ्नो आत्मविश्वास, व्यक्तित्व र प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत प्रदान गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)