नगर प्रहरीबाट कुटिइन् निगौल गाई गौशालाकी प्रमुख कान्ति पाण्डे
annapurnapost.com · Tue Jun 30 09:47:26 GMT 2026

जनकपुरधाम : मञ्जुरी बिना गौशाला नगरपालिकाले ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेलाई नगर प्रहरीले कुटपिट गर्दै दुर्व्यवहारको भिडियो सार्वजनिक भएको छ । उच्च अदालत जनकपुरले निगौल गाई गौशालाको जग्गामा मञ्जुरी बिना गौशाला नगरपालिकालाई हस्तक्षेप नगर्न दिएको आदेशको उल्लंघन गर्दै ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशालाका प्रमुख पाण्डेलाई नगर प्रहरीहरुले कुटपिट गर्दै दुर्व्यवहार गरेको हो ।
उच्च अदालत जनकपुरले गौशाला बजार ठेक्का सम्बन्धमा निगौल गाई गौशाला जग्गामा मञ्जुरी बेगर कुनै हस्तक्षेप नगरी नगरपालिकालाई हाटबजार ठेक्कामा लगाउने कार्य नगर्नु नगराउन अन्तरिम आदेश दिएको छ । तर गौशाला नगरपालिकाले निगौल गाई गौशालाको जग्गामा बजार ठेक्का लगाउने र जर्बजस्ती ढल निकास गर्न खोजेपछि रोक्न गएको कार्यालय प्रमुख पाण्डेलाई नगर प्रहरीहरुले दुर्व्यवहार गर्दै कुटपिट गरेपछि स्थानीयहरुले बचाएको भिडियोमा देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)