राजदूत ओली र अध्यक्ष बकेबीच नेपाल–थाइल्याण्डबीच पर्यटन प्रवर्द्धनबारे छलफल
corporatenepal.com · Wed Aug 12 04:14:13 GMT 2026

काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेको पर्यटन व्यवसायीहरूको टोलीले बैंककस्थित नेपालका लागि थाइल्याण्डका राजदूत धनबहादुर ओलीसँग शिष्टाचार भेट गरेको छ। होटल संघ नेपाल, बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेको नेतृत्वमा रहेको टोलीले भेटका क्रममा नेपाल–थाइल्याण्ड पर्यटन सहकार्य तथा नेपालको पर्यटन प्रवद्र्धनका विषयमा छलफल गरेको हो।
भेटमा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने उपाय, थाइल्याण्डको पर्यटन क्षेत्रबाट नेपालले लिन सक्ने सिकाइ, दुई देशबीच पर्यटक आवागमन बढाउने तथा पर्यटन व्यवसायीबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)