युवा, शिक्षा र रूपान्तरण
ratopati.com · Wed Aug 12 04:21:41 GMT 2026

आज १२ अगस्ट अर्थात् लिसबन घोषणापत्रलाई आधार मानी संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि औपचारिक रूपमा घोषणा गरी विश्वभर मनाउन थालेको अन्तर्राष्ट्रिय युवा दिवस । नेपालमा पनि सन् २००४ देखि यो दिवस मनाउँदै आइएको छ ।
युवा मामिलालाई राष्ट्रिय प्राथमिकताको विषय बनाउँदै नेपाल सरकारले राष्ट्रिय युवा नीति २०६६, राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा युथ भिजन २०१५–२०२५ जस्ता नीतिगत एवं रणनीतिक ढाँचाहरू निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । यस वर्ष भिन्न परिवेश, साझा आकाङ्क्षा भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै गर्दा देशभर सामाजिक सञ्जाल, शैक्षिक संस्था र विभिन्न नागरिक समाजका मञ्चहरूमा युवा केन्द्रित विमर्श र कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)