आज चार जिल्लामा आकस्मिक बाढीको जोखिम, प्रमुख नदीहरूमा बहाव बढ्ने
nepalviews.com · Wed Aug 12 04:34:25 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका प्रमुख तथा साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
आज बिहान ८ बजेको जलमापन मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको सतह सतर्कता तहभन्दा तलै रहेको छ। साथै, कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामै छ। तर, आगामी दिनमा पानीको बहाव तीव्र रूपमा बढ्ने अनुमान महाशाखाले गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)