एयरपोर्टबाट १८ केजी थाई गाँजासहित २ जना भारतीय पक्राउ
ratopati.com · Wed Aug 12 04:53:22 GMT 2026

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ केजी गाँजा बरामद गरेको छ । भारतीय नागरिकहरुले थाइल्याण्डको बैंककबाट हङकङ ट्रान्जिट भएर सो गाँजा ल्याएका हुन् । मंगलबार राति गाँजा लिएर आएका २ जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा क्याथे प्यासिफिकको उडान हुँदै आएका भारत पन्जाब घर भएका ३६ वर्षीय सन्जिभकुमार र २६ वर्षीय रविकुमारलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)