रवि लामिछाने चीन जाने मिति तय, राष्ट्रपति सीसँग छैन भेट
kendrabindu.com · Wed Aug 12 04:51:29 GMT 2026

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। लामिछानेको आठ दिने चीन भ्रमण भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म हुने तय भएको उनी निकट एक नेताले बताए। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलो पटक उत्तरी छिमेकी देशको भ्रमणमा जान लागेका हुन्।
रास्वपाले सत्ता सम्हालेपछि सभापति लामिछानेले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँच दिने भारत भ्रमण गरेका थिए। चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङसँग भेट्ने लामिछानेको प्रयास भने सार्थक नहुने देखिएको छ। लामिछानेको प्रारम्भिक कार्यतालिकामा सीसँग भेटको कार्यक्रम छैन।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)