जबरजस्ती करणी मुद्दाका फरार व्यक्ति काँकडभिट्टाबाट पक्राउ
annapurnapost.com · Wed Aug 12 04:49:53 GMT 2026

झापा : झापामा एक महिलालाई जबरजस्ती करणी गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जबरजस्ती करणी मुद्दामा फरार रहेका ललितपुर महानगरपालिका–१६ का ४७ वर्षीय प्रवेक डङ्गोल पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार डङ्गोलले गत फागुन २५ गते राति मेचीनगर नगरपालिका–१३ चारआलीस्थित ओझा होटलमा एक ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)