सिवाईसी नेपाल लघुवित्तमा हदैसम्मको बदमासी, कर्मचारीद्वारा १ करोड ३० लाख हिनामिना, सदस्य नै नभएकालाई पनि ऋण !
arthasarokar.com · Wed Aug 12 04:51:42 GMT 2026

काठमाडौँ । मुगुको खत्याड गाउँपालिका-४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा कार्यरत कर्मचारीहरूले बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी करिब १ करोड ३० लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । शाखाका ९८ जना बचतकर्ताको नाममा ऋण देखाउने, मुद्दती तथा व्यक्तिगत बचत खातामा रहेको रकम निकाल्ने र संस्थामा आबद्ध नै नभएका व्यक्तिलाई समेत ऋणी बनाएको पीडितहरूको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)