युवा दिवसको अवसरमा सर्लाहीमा युवा दौड प्रतियोगिता
himalpress.com · Wed Aug 12 04:59:27 GMT 2026

काठमाडौँ- अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सर्लाहीको हरिवनमा बुधबार बिहान युवा दौड प्रतियोगिता आयोजना गरिएको छ। सर्लाही युथ फोरमको आयोजनामा भएको प्रतियोगितामा एक सयभन्दा बढी युवा सहभागी भएका थिए। ‘लागूऔषधविरुद्ध हाम्रो दौड’ नारासहित नयाँरोडदेखि हरिवनसम्म दौड आयोजना गरिएको हो।
प्रतियोगितामा अशोककुमार साह प्रथम, विक्रम यादव दोस्रो र आकाश मुखिया तेस्रो भएका छन्। विजेताहरूलाई प्रमाणपत्रसहित क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। सर्लाही पछिल्लो समय लागूऔषध सेवनकर्ताको अखडाजस्तै बन्दै गएको भन्दै लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फोरमकी अध्यक्ष आरती लामाले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)