भीष्मराज आङ्देम्बेको प्रश्न– विदेशबाट युवा फर्काउने वाचा किन पूरा भएन ?
kendrabindu.com · Wed Aug 12 05:04:18 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोह र निर्वाचनबाट प्राप्त जनादेशअनुसार बनेको बालेन सरकारप्रति युवाको आशा र अपेक्षा बढे पनि सरकारले प्रतिबद्धता पूरा नगर्दा युवा फेरि निराशातिर फर्किएको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले रोजगारी, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकारको कामप्रति असन्तुष्टि प्रकट गरे । देशमै स्वरोजगार भएका युवा उमेरका गणेश नेपालीदेखि विवेक मण्डलसम्मले गरेको आत्मदाहलाई उनले त्यसका ज्वलन्त घटनाका रूपमा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)