नेपाल एसबिआई बैंकको नाफा २ अर्ब ४ करोड नाघ्यो, निष्क्रिय कर्जा घट्दा लाभांश क्षमता ११%
clickmandu.com · Wed Aug 12 05:08:47 GMT 2026

काठमाडौं । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १२.८९ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
गत आवमा बैंकले २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ थियो । बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानीमा भएको वृद्धि र ‘इम्पेयरमेन्ट चार्ज’ (कर्जा नोक्सानी व्यवस्था) मा आएको कमी मुख्य कारक रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)