सलमान खानले छाड्दैछन् ग्यालेक्सी अपार्टमेन्ट?
kalakarmi.com · Tue Jun 30 10:03:14 GMT 2026

मुम्बई- बलिउड अभिनेता सलमान खानले मुम्बईस्थित आफ्नो चर्चित ग्यालेक्सी अपार्टमेन्ट छोडेर नयाँ समुद्र किनारको (सी–फेसिङ) घरमा सर्ने तयारी गरिरहेको चर्चा पछिल्ला केही दिनयता व्यापक रूपमा फैलिएको छ । तर, सार्वजनिक भएका पछिल्ला विवरणले यी दावी पूर्ण रूपमा पुष्टि नभएको देखाएका छन् ।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडे का अनुसार खान परिवारसँग रहेको उक्त समुद्र किनारको जग्गा पछिल्ला १० वर्षभन्दा लामो समयदेखि उनीहरूकै स्वामित्वमा छ । हालै मात्र खरिद गरिएको सम्पत्ति नभई यसको पुनर्निर्माण (री–डेभलपमेन्ट) सम्बन्धी प्रस्तावले स्वीकृतिको प्रक्रिया अघि बढेपछि यो विषय फेरि चर्चामा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)