एनआरएनए डेभलपमेन्ट फन्डले पायो आईपीओ निष्कासनको अनुमति
arthasansar.com · Wed Aug 12 05:18:26 GMT 2026

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न स्वीकृति दिएको छ । धितोपत्र निष्कासनसम्बन्धी नियमावली परिमार्जन गर्दै बोर्डले मंगलबार फन्डलाई विदेशी मुद्रामै आईपीओ जारी गर्न अनुमति दिएको हो ।
स्वीकृतिअनुसार फन्डले आफ्नो ८५ प्रतिशत सेयर विदेशी मुद्रामा लगानी गर्ने लगानीकर्तालाई निष्कासन गर्न पाउनेछ । विदेशी मुद्रामा गरिएको लगानी रिटर्नसमेत सोही मुद्रामा फिर्ता लैजान सकिने व्यवस्थासहित आईपीओ निष्कासनको अनुमति दिइएको हो । यससँगै एनआरएनमार्फत नेपालमा पूर्वाधार निर्माण तथा अन्य क्षेत्रमा ठूलो परिमाणमा विदेशी लगानी भित्र्याउने बाटो थप सहज हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)