रोनाल्डोले जर्जिनासँग विवाह गरेको पुष्टि, सामाजिक सञ्जालमा सार्वजनिक गरे तस्बिर
aarthiknews.com

काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन् । रोनाल्डोले मंगलबार आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत जर्जिनासँग हात समातेको र दुवैले औंठी लगाएको तस्वीर सार्वजनिक गर्दै विवाहको पुष्टि गरेका हुन् ।
रोनाल्डो र जर्जिना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूका सन्तानसमेत छन् । यद्यपि, उनीहरूको विवाहबारे लामो समयदेखि विभिन्न चर्चा हुँदै आए पनि रोनाल्डोले सामाजिक सञ्जालमार्फत पहिलोपटक औपचारिक रूपमा पुष्टि गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)