ट्रम्पले स्वीकारे इरानको डरले प्लेन नै परिवर्तन गरेको विषय
nepalviews.com · Wed Aug 12 05:54:04 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो सम्मेलनबाट फर्किने क्रममा गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गरेका छन् । सम्भावित सुरक्षा खतराका कारण आफूले विमान परिवर्तन गरेको उनले बताएका हुन् ।
ट्रम्पले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै आफूले सिक्रेट सर्भिस र सेनाको सुझाव पालना गरेको बताए । उनले भने, 'म सिक्रेट सर्भिस र सेनाको कुरा मान्छु । उनीहरू मलाई अर्को उडान र अर्को विमानबाट जान चाहन्थे । मैले उनीहरूले भनेकै गर्नुपर्थ्यो ।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)