इरान–अमेरिका होर्मुज वार्तामा नयाँ शर्त, यसको अर्थ के हो ?
annapurnapost.com · Wed Aug 12 05:47:43 GMT 2026

अमेरिका : होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा वार्ताका क्रममा अमेरिका र इरानले नयाँ–नयाँ माग अघि सारेका छन् । यसले पाँच महिनादेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हुने भनिएको बृहत् सम्झौताको सम्भावनामाथि संशय पैदा भएको छ । अमेरिकाले आफू प्रत्यक्ष रूपमा वार्तामा संलग्न रहेको बताएको छ ।
तर इरानले भने आफूले प्रत्यक्ष रूपमा अमेरिकासँग नभई ओमानसँग मात्र वार्ता गरिरहेको जनाएको छ । इरानले भविष्यमा महत्वपूर्ण जलमार्गको व्यवस्थापन ओमानसँग मिलेर गर्ने प्रस्ताव समेत अघि सारेको छ । अमेरिका–इजरायलले इरानमाथि युद्ध सुरु गर्नुअघि विश्वको करिब एक–पाँचौं तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ढुवानी हुने गरेको थियो । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट क्षतिपूर्ति माग्ने बताएका छन् । इरानले पनि गत साता युद्धबाट भएको क्षतिका लागि अमेरिकाले क्षतिपूर्ति दिनुपर्ने माग गरेको थियो । साथै, वासिङ्टनले आफ्ना राजनीतिक तथा आर्थिक शर्त पूरा नगरेसम्म होर्मुज जलडमरूमध्य नखोल्ने इरानले जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)