ग्लोबल आइएमई बैंकको नाइमा अफर
rajdhanidaily.com · Wed Aug 12 06:07:14 GMT 2026

काठमाडौं । ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना सार्वजनिक गरेको छ । नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन् ।
बैंकका अनुसार, हालको आधारदरमा न्यूनतम ५.२५ प्रतिशत ब्याजदर मा अटो लोन उपलब्ध हुनेछ । साथै, नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी खरिद गर्ने ग्राहकका लागि ३ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदर को विशेष योजना पनि ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)