राष्ट्रिय भेलाको तयारी: शशांक कोइराला र पूर्णबहादुर खड्काबीच भेटवार्ता
clickmandu.com · Wed Aug 12 06:07:57 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसभित्रको ‘इतर’ समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको सन्दर्भमा समूहका संयोजक डा. शशांक कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान खड्काको निवास गोल्फुटार पुगेर कोइरालाले उनलाई साउन २९ देखि ३१ गतेसम्म काठमाडौंको सुकेधारामा हुने राष्ट्रिय भेलामा सहभागी हुन निमन्त्रणा दिएका हुन् । भेटमा कोइरालाले भेलाको उद्देश्य र तयारीबारे खड्कालाई जानकारी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)