सर्पदंशबाट सुर्खेतमा ५८ वर्षीया महिलाको मृत्यु
nagariknews.nagariknetwork.com · Wed Aug 12 06:32:19 GMT 2026

सुर्खेतमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१०, चालिखेकी ५८ वर्षीया देउमा कामी रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराका अनुसार घरमा भाँडा माझ्ने क्रममा कामीलाई सर्पले दायाँ हातको चोर औँलामा टोकेको थियो। सर्पले टोकेपछि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी स्राेतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)