अदालत अगाडि मिटरब्याज पीडितले गरे आत्मदाहको प्रयास
annapurnapost.com · Wed Aug 12 06:34:21 GMT 2026

जनकपुरधाम : धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । मिटरब्याज पीडितले नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेको समयमा एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी हुन्।
बुधबार दिउँसो अदालत अगाडि मिटर ब्याज पीडित महिला जनकपुरधाम- ४ की फुल कुमारी रजकले पेट्रोल आफ्नो शरीरमा खन्याएपछि प्रहरीले रोकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)