पूर्णबहादुरलाई फकाउँदै कांग्रेस इतर पक्ष, शशांकसँगको भेटमा के भयो कुराकानी?
kendrabindu.com · Wed Aug 12 06:42:02 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच बुधबार बिहान भेटवार्ता भएको छ। खड्काको गल्फुटारस्थित निवासमा भएको भेटमा कांग्रेसभित्रको पछिल्लो राजनीतिक अवस्था तथा आगामी राष्ट्रिय भेलाका विषयमा छलफल भएको बताइएको छ।
आगामी शुक्रबार काठमाडौंको सुकेधारामा आयोजना हुन लागेको राष्ट्रिय भेलाको तयारी र त्यससँग जोडिएका विषयमा छलफल गर्न कोइराला खड्काको निवास पुगेका थिए। कांग्रेसको इतर समूहले उक्त भेलाको मूल आयोजक समितिको संयोजकको जिम्मेवारी कोइरालालाई दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)