स्थानीयले वडा कार्यालयमा लगाइएको ताला अझै खुलेन
annapurnapost.com · Wed Aug 12 06:36:12 GMT 2026

धादिङ : धादिङको सिद्धलेक गाउँपालिका–७ मा कार्यरत कर्मचारी शान्ति मगरातीलाई म्याद थप नगरी सेवाबाट हटाइएको विरोधमा स्थानीयवासीले वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण साउन २५ गतेदेखि लगातार तीन दिनसम्म वडा कार्यालयबाट हुने सेवा प्रवाह प्रभावित भएको छ ।
गाउँपालिकाले साउन ६ गते पत्रमार्फत वडा सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएकी मगरातीको म्याद थप नगर्ने निर्णय गरेपछि स्थानीय आक्रोशित भएका हुन् । उनीहरूले सोमबार वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण दैनिक सिफारिस, नाता प्रमाणितलगायत प्रशासनिक तथा अत्यावश्यक नागरिक सेवा ठप्प भएका छन् । सेवा लिन वडा कार्यालय पुगेका सर्वसाधारण सेवाग्राही कार्यालय बन्द भएपछि रित्तो हात फर्किन बाध्य भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)