दुई सचिवले दिए राजीनामा
onlinekhabar.com · Wed Aug 12 06:50:15 GMT 2026

२७ साउन, काठमाडौं । सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरु कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।
मन्त्रिपरिषदले राजीनामा स्वीकृत गरेसँगै सचिवहरुले राजीनामा गरेको विवरण सार्वजनिक भएको हो । पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव थिए भने बाबुराम अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)