सर्पले डस्दा महिलाको मृत्यु
annapurnapost.com · Wed Aug 12 06:59:41 GMT 2026

वीरेन्द्रनगर : सुर्खेतमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० चालिखेकी ५८ वर्षीया देउमा कामी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार बिहान करिब ५ः४५ बजेतिर घरमा भाँडा माझ्ने क्रममा कामीलाई सर्पले दायाँ हातको चोर औँलामा डसेको थियो । उनको अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)