टेलिग्राममार्फत आईएईएमा ५० हजारको जागिर दिने भन्दै मास्टर्स पास एक युवाबाट २ दिनमा २५ लाख ठगी
techpana.com · Wed Aug 12 07:02:44 GMT 2026

काठमाडौं । काठमाडौंमै जन्मे-हुर्केका र व्यवस्थापन संकायमा स्नातकोत्तर (एमबीएस) सम्मको अध्ययन पूरा गरेका सुरज चौलागाईं (परिवर्तित नाम) लाई एक दिन टेलिग्राममा एउटा लोभलाग्दो मेसेज आयो । विश्वप्रसिद्ध स्विडिस फर्निचर ब्रान्ड आईकेईए (IKEA) मा मासिक ५० हजार रुपैयाँको जागिर पाइने र त्यसमा आकर्षक बोनस तथा कमिसन समेत हुने आश्वासन पनि दिइएको थियो । तर, त्यही ड्रिम जबको प्रलोभनले २४ लाख रुपैयाँको आर्थिक दलदलमा फसिएला भन्ने उनले कल्पना समेत गरेका थिएनन् ।
उच्च शिक्षा प्राप्त भएर पनि डिजिटल ठगीको पासोमा परेका सुरजको यो घटना अहिले काठमाडौं जिल्ला अदालतमा पुगेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मङ्गलबार मात्र अदालतमा अभियोग पत्र दर्ता गरेको हो । जसअनुसार, सुरजलाई ‘आरती सापकोटा’ नाम बताउने एक अपरिचित युवतीले सामाजिक सञ्जालमार्फत ठगीको जालमा पारेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)