सरकारलाई बूढीगण्डकी डुबानवासीको चेतावनी : पूरा मुआब्जा देऊ कि घरजग्गा फिर्ता गर
onlinekhabar.com · Wed Aug 12 07:16:56 GMT 2026

२७ साउन, काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनालाई अनिश्चित र आफूहरुलाई विचल्ली बनाएको भन्दै स्थानीयले मुआब्जा दिन वा घरजग्गा नै फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।
आफूहरूको पुनर्बास तथा पुनर्स्थापना हुने आशामा थोरै मुआब्जा रकम लिएर पनि जग्गा दिइसकेको तर अहिले विचल्ली बनेको डुबानवासीको भनाइ छ । मुआब्जा वितरणका बाँकी काम पूरा गर्नुपर्ने, विभिन्न प्रशासनिक झमेलाका कारण मुआब्जाबाट वञ्चित भएकाहरूले बाँकी मुआब्जा पाउनुपर्ने, बजार क्षेत्रको बासिन्दाको व्यवसाय सुरक्षाको वातावरण बन्नुपर्ने डुबानवासीले माग गरेका छन् । मुआब्जा नदिने भए घरजग्गा नै फिर्ता गर्नुपर्ने उनीहरूको चेतावनी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)