तातोपानी र रसुवा नाका : निरीक्षण मात्र होइन, तत्काल समाधान चाहियो
nepalpress.com · Wed Aug 12 07:22:43 GMT 2026

नेपाल र चीनबीचको व्यापारिक सम्बन्धका लागि तातोपानी र रसुवागढी नाका अत्यन्त महत्त्वपूर्ण छन्। यी दुई नाका व्यापारिक केन्द्र मात्र होइनन्, नेपालको अर्थतन्त्र, पर्यटन, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण प्रवेशद्वार हुन्। तर विडम्बना, पछिल्लो समय दुवै नाका विभिन्न समस्याले प्रभावित छन्। तातोपानी नाकाको अवस्था त झन् गम्भीर बन्दै गएको छ।
अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–तातोपानी सडकखण्डमा पहिरो गएर सडक अवरुद्ध भएको तीन साताभन्दा बढी भइसक्दा पनि नाका सहज रूपमा सञ्चालन हुन सकेको छैन। सडक खुलाउने विषयमा आश्वासन धेरै आएका छन्, निरीक्षण पनि धेरै भएका छन्, तर परिणाम देखिने गरी काम हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)