मधेसमा रणनीतिक आयोजनाहरूको निर्माण तीव्र
ratopati.com · Wed Aug 12 07:29:06 GMT 2026

काठमाडौँ । मधेस प्रदेशमा बढ्दो विद्युत् माग, कमजोर वितरण पूर्वाधार र औद्योगिक क्षेत्रमा देखिँदै आएको विद्युत् आपूर्तिको चुनौतीलाई सम्बोधन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च प्राथमिकताका साथ प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरूको निर्माण र पूर्व तयारीलाई तीव्रता दिएको छ ।
मन्त्रालयले तत्कालीन विद्युत् माग पूरा गर्ने मात्र नभई आगामी दिनमा उद्योग, व्यवसाय तथा घरेलु उपभोक्ताबाट थपिने मागलाई समेत धान्न सक्ने गरी प्रसारण संरचना विस्तारलाई रणनीतिक रूपमा अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)