‘द एभरेस्ट ड्रीम’ ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड
onlinekhabar.com · Wed Aug 12 07:25:55 GMT 2026

काठमाडौं । गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ ।
अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट सो फिल्म मात्र छनोट भएको थियो । महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा. रिचर्ड टाभेनारोका अनुसार संसारभरबाट प्राप्त फिल्मको प्रतिस्पर्धामा ‘द एभरेस्ट ड्रीम’ले उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड प्राप्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)