लाल सागरमा हुथी आक्रमण : यमनी मालवाहक जहाजमा ६ जनाको मृत्यु
khabarhub.com · Wed Aug 12 08:01:53 GMT 2026

काठमाडौं – लाल सागरको बाब अल–मन्डेब जलडमरूमध्यमा हुथी विद्रोहीहरूले मालवाहक जहाजमाथि गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ। आक्रमणमा चार जना चालक दलका सदस्य र दुई जना उद्धारकर्मीको मृत्यु भएको यमनी अधिकारीहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मंगलबार हुथीहरूले ‘ तिहामाह ’ नामक मालवाहक जहाजलाई लक्षित गरी आक्रमण गरेका थिए। जहाजमा रहेका चार चालक दलका सदस्य-तीन पाकिस्तानी र एक इन्डोनेसियाली नागरिक—को मृत्यु भएको छ। घटनास्थलमा उद्धारका लागि पुगेका हुथीविरोधी यमनी समूहसँग सम्बन्धित दुई उद्धारकर्मीसमेत मारिएका छन्। आक्रमणमा अन्य १० जना घाइते भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)