चिकित्सा शिक्षा संघर्ष अभियानद्वारा निजी मेडिकल कलेजमा आन्दोलन घोषणा
swasthyakhabar.com · Wed Aug 12 08:03:00 GMT 2026

काठमाडौं- चिकित्सा शिक्षा संघर्ष अभियानले निजी मेडिकल कलेजहरूले आवासीय तथा इन्टर्न चिकित्सकहरूको नियमित पारिश्रमिक रोक्दै राज्यलाई मेडिकल कलेजको सिट तथा शुल्क वृद्धि गर्न दबाब दिएको आरोप लगाएको छ। अभियानले यस्तो कार्यप्रति गम्भीर आपत्ति जनाउँदै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने यस वर्षको एकीकृत प्रवेश परीक्षा नजिकिँदै गर्दा निजी मेडिकल कलेज एसोसिएसनले सिट तथा शुल्क वृद्धि गराउन सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले आवासीय तथा इन्टर्न चिकित्सकहरूको पारिश्रमिक रोक्ने कार्य गरेको अभियानको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)